पोखरामा सोमबारदेखि हराइरहेका चार वर्षीय बालक मृत फेला

Byन्यूज स्रोत

२०७९ फाल्गुन ९, मंगलवार ०८:०९ गते २०७९ फाल्गुन ९, मंगलवार ०८:०९ गते २०७९ फाल्गुन ९, मंगलवार ०८:०९ गते

पोखराको पर्स्याङबाट हिजो सोमबारदेखि हराइरहेका चार वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् ।

पोखरा महानगर-५ पर्स्याङको धारापानी बस्दै आएका चार वर्षीय सुहान केसी क्षेत्री सोमबार हराएका थिए । उनी पर्स्याङकै खुँडेपोखरीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् । अपरान्ह ४ बजेतिर घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीको टोलीले केसीलाई पोखरीमा डुबेको अवस्थामा मृत भेटाएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।