पोखरामा आइतबार भएको बस दुर्घटनामा घाइते भएका ५३ जना मध्ये कतिपय यात्रु पोखरा विश्वविद्यालयमा सोमबार हुन लागेको दीक्षान्त समारोहका लागि पोशाक लिन गएका विद्यार्थी परेका छन् ।

इलाका प्रहरी कार्यालय डाँडाको नाकको विपरीत साइडमा रहेको खोंचमा करिब २० मिटर तल बस खसेको थियो । बस दुर्घटना लगत्तै छेवैमा रहेका प्रहरीले उद्धारकार्य गरेका थिए । घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, फिस्टेल र जिएमसी अस्पतालमा उपचार भइरहेको छ । लेखनाथबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको लेखनाथ मिनि माइक्रो बस दुर्घटना हुँदा ४७ जना घाइते भएका हुन् ।

दुर्घटनामा परि घाइते भएकाहरूको अवस्था बुझ्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य हिजो अस्पताल पुगेका थिए । प्रमुख आचार्यले घाइतेहरूलाई भेटी उनीहरुको उपचारमा विशेष ध्यान दिन उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे । आचार्यसँगै पोखरा महानगरपालिका वडा नं.१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगी समेत अस्पताल पुगी घाइतेहरूको अवस्था बुझेकी थिइन् । घाइते मध्ये धेरैको अवस्था सामान्य नै रहेको छ भने तीन जनाको अवस्था मध्यम रहेको छ ।

इलाका प्रहरी कार्यालय डाँडाको नाकका अनुसार बस पृथ्वी राजमार्गबाट २० मिटर तल खोलामा खसेको थियो । क्रेनको सहायताले बस खोलाबाट निकालिएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिव पाठकका अनुसार प्रारम्भिक अनुसन्धानले चालकको लापरबाहीले दुर्घटना भएको देखाएको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.