नमस्ते ब्यान्डको आयोजनामा पोखरामा महाशिवरात्रि विश्वसंगीत महोत्सव भइरहेको छ । लेकसाइडको बाराहीघाटमा जारी महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य शुक्रबार उद्घाटन गरेका थिए ।

ब्यान्डका अध्यक्ष एवं महाशिवरात्रि विश्वसंगीत दिवसका परिकल्पनाकार ईश्वर गुरुङका अनुसार ३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्यान्डले आयोजना गरेको ३४ औँ महाशिवरात्रि विश्वसंगीत महोत्सवमा मर्करी ब्यान्ड, पिस जोन ब्यान्ड, अपूर्व, दीप श्रेष्ठ, राजु परियार, रविन एन्ड रेगुलेसन, मुक्ति एन्ड रिभाइबल, स्ट्रिम एन्ड एन्जन्र्स, मंगोलियन हार्टका राजु लामा, राजेश पायल राई, यम बराल लगायतको प्रस्तुति रहनेछ ।

उनले महाशिवरात्रि महोत्सव कलाकारको उत्सव भएको बताएका छन् । नेपालका चर्चित कलाकारको उपस्थिति पोखराको फेवा किनारमा भइरहेको छ । यसलाई व्यावसायिक भन्दा पनि सामाजिक एवम् धार्मिक आस्थाका रूपमा लिएको उनले बताए । ब्यान्डको वार्षिक उत्सवमा गुरुङले बर्सेनि महाशिवरात्रि अवसर पारेर साङ्गीतिक कार्यक्रम गर्दै आएका छन् ।

नेपाली सङ्गीतको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा कार्यक्रम आयोजना गरिएको गुरुङले बताए । शिवरात्रिकै समयमा पारेर जापानमा समेत यसअघि ४ पटक सम्म उक्त कार्यक्रम गरिएको थियो । नमस्ते ब्यान्डले नेपाली गीत सङ्गीतको सम्वद्धर्नमा महत्त्वपूर्ण भूमिका खेलेको पोखरा महानगरपालिकाका प्रमुख आचार्यले बताए ।

बाराहीघाटमा मध्यान्हको १२ बजेपछि आजको कार्यक्रम शुरु भएको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.