किन बन्द छ गुण एयरको पोखरा उडान ?

Byन्यूज स्रोत

२०७९ फाल्गुन ५, शुक्रबार ११:१९ गते २०७९ फाल्गुन ५, शुक्रबार ११:१९ गते २०७९ फाल्गुन ५, शुक्रबार ११:१९ गते

काठमाडौँ-पोखरा हवाई उडानमा सबैभन्दा सस्तो टिकट उपलब्ध गराउँदै आएको गुण एयरको उडान केही दिनयता बन्द छ ।

गत बुधबारदेखि नै बन्द रहेको कम्पनीको उडान अझै केही दिन बन्द रहने कम्पनी स्रोतले जनाएको छ । उक्त एयरलाइन्सका पाइलट प्रशिक्षणमा रहेको तथा जहाज मर्मतका लागि पार्ट्स विदेशबाट नआइसकेकाले हाल उडान बन्द भएको जनाइएको छ ।

कम्पनीले आगामी सातादेखि भने उडान सुचारु हुने जनाएको छ । गुण एयरले काठमाडौँ-पोखरालगायत भैरहवा, भरतपुर, सिमरामा उडान गर्दै आएको छ ।