ट्रकले स्कुटरलाई ठक्कर दिँदा कास्कीकी अमृताको मृत्यु

Byन्यूज स्रोत

२०७९ फाल्गुन ५, शुक्रबार ०७:१८ गते २०७९ फाल्गुन ५, शुक्रबार ०७:१८ गते २०७९ फाल्गुन ५, शुक्रबार ०७:१८ गते

काठमाण्डौ, ०५ फागुन । मकवानपुरको मनहरी गाउँपालिका-६ रामडाँडामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा कास्की घर भएकी स्कुटर चालक अमृता परियारको मृत्यु भएको छ ।

आज बिहान करिब साढे ६ बजे चितवनबाट मनहरीतर्फ जाँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको ग १५ प ३९६९ नम्बरको स्कुटर ठक्कर दिएको थियो । घटनामा कास्कीको निर्मल पोखरी-२ बस्ने ३८ वर्षीया अमृता परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।