आइसिसी क्रिकेट विश्वकप लिग २ मा माइकल लिस्कको शतकीय पारीसँगै स्कटल्याण्डले नेपाललाई २७५ रनको चुनौतीपूर्ण लक्ष्य पेश गरेको छ ।

लिस्कले शतक प्रहार गरेपछि स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७५ रन बनाएको हो । स्कटल्याण्डका लागि ओपनर क्रिस्टोफर मेकब्राइडले २२ र रिची बेरिङटनले १९ रन बनाए । यसैगरी टोमस म्याकिन्टसले १९ तथा ब्रेन्डन म्याककुलनले २२ रनको योगदान दिए । क्रीस ग्रीभ्सले पनि १६ रन बनाए ।

एक समय स्कटल्याण्ड ६ विकेट गुमाउँदै एक सय १९ रनको स्थितिमा रहेपनि लिस्कले उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीलाई चुनौतीपूर्ण लक्ष्यसम्म पुर्याएका थिए । लिस्कले अविजित १०७ रन बनाउँदा ज्याक जार्भिसले २६ रन बनाउँदै उनलाई गतिलो साथ दिए । मार्क वाटले पनि २० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, कुशल मल्लले दुई र कुशल भुर्तेलले एक विकेट लिएका छन् । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले पनि एक-एक विकेट चट्काए । यस अघि नेपालले टस जित्दै फिल्डिङ गर्ने निर्णय गरेको थियो । अब नेपालले केही समयमा जवाफी ब्याटिङ थाल्नेछ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.