हाइकर्स क्लब पुग्यो लाहाचोक, आगामी गन्तव्य स्याङ्जाको बाँगेगाउँ

Byन्यूज स्रोत

२०७९ फाल्गुन ४, बिहीबार १३:३७ गते २०७९ फाल्गुन ४, बिहीबार १३:३७ गते २०७९ फाल्गुन ४, बिहीबार १३:३७ गते

माछापुच्छ्रे हिमालको काखमा रहेको रमणीय गाउँ लाहाचोकको प्रबर्द्धन गर्ने उद्धेश्यले हाइकर्स क्लब नेपालको समुह शनिबार उक्त गाउँ पुगेको छ ।

कास्की जिल्लाको उत्तर भेगको रहेको माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोक गाउँमा क्लबले हाइकिङ आयोजना गरेको हो । स्वस्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार सञ्चालन हुँदै आएको एक दिने छोटो पदयात्राको ३१ औँ श्रृङखला लाहाचोक गाउँमा गरेको थियो ।

पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाको मिलन चोकमा भेला भई पैदल यात्रा सुरु गरेका उक्त समुहलाई क्लबका संयोजक कृष्ण रानाभाटले हाइकिङले स्वास्थ्य र पर्यटन प्रबर्द्धनमा सहयोग पुगेकोले छिट्टै विधिवत रुपमा दर्ता गरिने जानकारी गराएका थिए । २०७६ साल देखि नियमित रुपमा हुँदै आएको हाइकिङ कोरोना भाइरसका कारण केही महिना स्थगित भएको र कोरोना भाइरसको असर कम भए पश्चात पुनः नियमित रुपमा संचालन भइरहेको क्लबका सदस्य तथा कानुनी सल्लाहकार अधिवक्ता नोज घर्तिमगरले बताए ।

विद्यार्थीदेखि गृहणीसम्म सहभागी भई रमाइलो गर्दै पैदल हिँडेर स्थानीयबस्ती, खोलानाला, वनजंगल, विभिन्न विकास निर्माण कार्यलाई प्रत्यक्ष रुपमा अवलोकन गर्दै ४ देखि ५ घण्टासँगै हिड्नु नै हाइकिङको उद्धेश्य रहेको रेडियो सफलताका स्टेसन म्यानेजर मधु अधिकारीले बताए ।

लाहाचोकका स्थानीय व्यवसायी राजेन्द्र अधिकारीले हाइकर्स क्लबका सदस्यहरुलाई लाहाचोकमा स्वागत गर्दै विभिन्न देवी देवताका मन्दिरहरु, प्रचारप्रसारको पर्खाइमा रहेको पर्यटकीय पातीखोला गुफा, काल भैरब मन्दिर, नवनिर्मित माछापुच्छ्रे गाउँपालिकाको प्रशासनिक भवन, व्यवसायीक रुपमा गरिएका कृषि तथा पशुपालनको अवलोकन गराएको आइटी व्यवसायी पितम सेन ठकुरीले वताए ।

यस अगाडि कास्की, स्याङ्जा र तनहुँका विभिन्न गाउँहरुमा हाइकर्स समुह पुगेको र फागुन महिनाको अन्तिम शनिबार स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं. ५ स्थित बाँगे गाउँमा जाने तयारी गरिएको छ । पोखराको पृथ्वीचोकलाई केन्द्रमा राखेर बेलुकी ५-६ वजेभित्र फर्किनु पर्ने भएको कारण जाँदा बसमा जाने र फर्किदा बाँगेदेखि फेदीखोलासम्म ३ देखि ४ घण्टा हिडेर आउने तयारी रहेको पनि क्बलले जानकारी दिएको छ ।