नुवाकोटमा बिहीबार बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
नुवाकोटको विदुर नगरपालिका-४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटना विदुरको चैनपुरमा दुर्घटनाग्रस्त भएको हो । घटनामा मानव हताहती अझै बढ्न सक्ने जनाइएको छ ।
बस सडकबाट करिब २० फिट तल खसेको थियो । प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरेका थिए । घाइतेहरुलाई अस्पताल ल्याउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।