भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

Byन्यूज स्रोत

२०७९ फाल्गुन ४, बिहीबार ११:५१ गते २०७९ फाल्गुन ४, बिहीबार ११:५१ गते २०७९ फाल्गुन ४, बिहीबार ११:५१ गते

इन्डियन आयल कर्पोरेसन(आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यसुची पठाएको छ ।

हरेक १५ दिनमा अपडेट हुने सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९७ पैसाले घटेको छ । यसैगरी डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको जनाइएको छ ।

पेट्रोलियम पदार्थको मूल्यसूची घटेर आएपनि नेपाली उपभोक्तालाई आयल निगमले भाउ घटाउने सम्भावना निकै कम रहेको छ । ऋण तिर्न बाकिँ रहेको बताउँदै निगमले घटेको मूल्यसूची अनुसार मूल्य निर्धारण गर्न आनाकानी गर्दै आएको छ ।