सांसद भण्डारीलाई श्री एयरको एयर एम्बुलेन्समा भारत लगिँदै

Byन्यूज स्रोत

२०७९ फाल्गुन ४, बिहीबार ०९:१९ गते २०७९ फाल्गुन ४, बिहीबार ०९:१९ गते २०७९ फाल्गुन ४, बिहीबार ०९:१९ गते

ग्यास सिलिण्डर विस्फोटमा गम्भीर घाइते भएका नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारत लैजाने तयारी गरिएको छ ।

बुधबार राति काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा सिलिन्डर विस्फोटमा परी भण्डारी उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । घटनामा आमा हरिकला भण्डारीको उपचारको क्रममा आज बिहान मृत्यु भइसकेको छ । घाइते दुवैलाई कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएकोमा अस्पतालले सांसद भण्डारीलाई विदेशमा सुविधासम्पन्न अस्पताल लैजान बिहानै रिफर गरेको थियो ।

भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको र फोक्सोमा धुवाँ पुगेको जनाइएको छ । उनलाई भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा लैजाने तयारी गरिएको छ । भण्डारीसँगै नर्भिक अस्पतालको क्रिटिकल केयर युनिटका चिकित्सकसहितको टोली पनि भारत जाने भएको छ ।