काठमाडौँको बुद्धनगरमा गए राति ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको आज मृत्यु भएको हो । ८६ वर्षीया भण्डारीको बिहान १०:५७ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ । घटनामा गम्भीर घाइते भएकी भण्डारीको शरीरको ७५ प्रतिशत भाग जलेको बताइएको थियो ।

घटना गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको २५ प्रतिशत भाग जलेको छ भने फोक्सोमा धुँवा पुगेकाले अवस्था गम्भीर रहेको छ । भण्डारीलाई थप उपचारका लागि विदेशको सुविधासम्पन्न अस्पताल लैजान कीर्तिपुर अस्पतालले रिफर लेटर लेखिसकेको छ । उनलाई भारतको मुम्बई लैजाने तैयारी भइरहेको जनाइएको छ ।

भण्डारी गुम्ली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.