पोखराको पाल्पा भैरव फर्निचरमा आगलागी, दुई घाइते

Byन्यूज स्रोत

२०७९ फाल्गुन ४, बिहीबार ०३:४३ गते २०७९ फाल्गुन ४, बिहीबार ०३:४३ गते २०७९ फाल्गुन ४, बिहीबार ०३:४३ गते

पोखरा महानगर-१४ चाउथेमा रहेको पाल्पा भैरव फर्निचरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने करोडौँको क्षति भएको छ ।

बुधबार राति भएको आगलागीबाट फर्निचरमा ठूलो क्षति पुगेको छ । टिनको टहरा मुनि सञ्चालन गरिएको फर्निचरमा आगलागीबाट फर्निचर, प्लाइउडका सामान र मेसिनरी सामानसमेत नष्ट भएको छ । आगलागीबाट करिब ३ करोडको क्षति भएको अनुमान गरिएको छ ।

आगलागी कसरी शुरु भयो भन्ने खुलेको छैन ।