च्याम्पियन्स लिग : डोर्टमुन्ड र बेन्फिका विजयी

Byन्यूज स्रोत

२०७९ फाल्गुन ४, बिहीबार ०३:०१ गते २०७९ फाल्गुन ४, बिहीबार ०३:०१ गते २०७९ फाल्गुन ४, बिहीबार ०३:०१ गते

च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल खेलमा जर्मनीको बोरुसिया डोर्टमुन्ड र पोर्चुगलको बेन्फिका विजयी भएका छन् ।

गए रातिभएको खेलहरुमा डोर्टमुन्डले इङ्लिस क्लब चेल्सीलाई १-० गोलअन्तरले पराजित गर्दा बेन्फिकाले बेल्जियन क्लब ब्रुगलाई २-० गोलअन्तरले गरायो । डोर्टमुन्डलाई घरेलु मैदानमा जीत दिलाउन कारिम एडेएमीले खेलको एक मात्र गोल गरे । ६३ औं मिनेटमा एडेएमीले गरेको गोलले चेल्सीको घरेलु मैदानमा हुने दोस्रो लेग अगाडि डोर्टमुन्डलाई बहुमुल्य अग्रता हासिल भएको छ ।

यसैगरी हिजै भएको अर्को खेलमा बेन्फिकाले ब्रुग्सलाई २-० गोलअन्तरले पराजित गर्यो । बेन्फिकाको जीतमा जो मारियोले पेनाल्टीमार्फत र नेरेसले दोस्रो गोल गरे । यस जीतले बेन्फिकालाई दोस्रो लेग निकै सहज हुने अनुमान गरिएको छ ।