देशभरिनै कुनै पनि मौसमी प्रणाली सक्रिय नरहँदा वर्षाको सम्भावना नरहेको मौसम विभागले जनाएको छ ।

आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा मा आंशिकदेखि सामान्य बदली रहे पनि देशभरिको मौसम सामन्यतया सफा रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नम्बर १ को केही भागमा आंशिक बदली रहेपनि देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रहने पनि विभागले जनाएको छ । यो वर्ष पश्चिमी वायुको प्रभाव न्यून रहँदा देशभरिनै हिउँदे वर्षा लगभग शून्य जस्तै छ भने हिमाली भूभागमा हिमपात पनि निकै कम भएको छ ।

वर्षात हुन नसक्दा वायुमण्डलमा प्रदूषणको मात्रा भने बढेकाले मुख्य शहरी क्षेत्रमा आकाश खुला देखिन सकेको छैन । तराईका थोरै भूभागमा बिहानी पख हुस्सु-कुहिरो लाग्ने सम्भावना रहेको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.