काठमाडौँमा ग्यास सिलिन्डर विस्फोट, काङ्ग्रेस नेता चन्द्र भण्डारी घाइते

Byन्यूज स्रोत

२०७९ फाल्गुन ४, बिहीबार ०१:३४ गते २०७९ फाल्गुन ४, बिहीबार ०१:३४ गते २०७९ फाल्गुन ४, बिहीबार ०१:३४ गते

काठमाडौँको बुद्धनगरमा गए राति ग्यास सिलिन्डर विस्फोट हुँदा काङ्ग्रेस नेता चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका छन् ।

गए राति खाना पकाउने क्रममा भएको घटनामा दुवैजना गम्भीर घाइते भएको जनाइएको छ । दुवैजनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको काँङ्ग्रेस नेता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । भण्डारीको शरीरको २५ प्रतिशत भाग जलेको छ भने उनको आमाको ७० प्रतिशत भागमा असर पुगेको जनाइएको छ ।

भण्डारी गुम्ली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।