मिलापत्र पछि छुटे म्याकुरी

Byन्यूज स्रोत

२०७९ फाल्गुन ३, बुधबार १४:१२ गते २०७९ फाल्गुन ३, बुधबार १४:१२ गते २०७९ फाल्गुन ३, बुधबार १४:१२ गते

मादकपदार्थ सेवन गरि युवक कुटेको आरोपमा प्रहरी हिरासतमा परेका कलाकार पवन खतिवडा ‘म्याकुरी’ पीडित पक्षसँग मिलापत्र पछि छुटेका छन् ।

मोरङको बेलबारी नगरपालिका-१ स्थित एक होटलमा मङ्गलबार राती एक होटलमा मापसे गरी कुटपिट गरेपछि खतिवडालाई प्रहरीले पक्राउ गरेको थियो । खतिवडा र उनका साथी रमेश भण्डारी मिलेर बेलबारी-४ का जीवन कार्कीमाथि कुटपिट गरेका थिए ।

पीडित पक्षसँग बुधबार मिलापत्र गरेपछि उनी हिरासतबाट छुटेका हुन् । पीडितले प्रहरीमा जाहेरी भने दिएका थिएनन् ।