एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भोलि भारत जाने भएका छन् ।

भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनको निमन्त्रण मान्न उनी भारतको पटना जान लागेका हुन् । खनाल भारतमा दुई दिनसम्म रहने उनको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा राजनीतिक भेटघाटको पनि कार्यक्रम रहेको जनाइएको छ ।

बढ्दो राजनीतिक अस्थीरता र आसन्न राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ । खनाल स्वयम् राष्ट्रपतिको आकाङ्क्षी रहेका छन् ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.