गोरखामा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

Byन्यूज स्रोत

२०७९ फाल्गुन २, मंगलवार १३:३७ गते २०७९ फाल्गुन २, मंगलवार १३:३७ गते २०७९ फाल्गुन २, मंगलवार १३:३७ गते

गोरखामा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

आज दिउँसो करिब ३:२० बजेको समयमा गोरखाको शहिदलखन गाउँपालिका-०१ गैरीगाउँकी ४० वर्षीया मिनमाया थापामगरको लडेर मृत्यु भएको हो । थापा घर नजिकैको धुर्सेपानी जङ्गलमा घाँस काट्ने क्रममा करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।