पर्वतमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

Byन्यूज स्रोत

२०७९ फाल्गुन १, सोमबार ०४:२२ गते २०७९ फाल्गुन १, सोमबार ०४:२२ गते २०७९ फाल्गुन १, सोमबार ०४:२२ गते

पर्वतमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कुश्मा नगरपालिका–२ खुर्कोट लाम्पाटामा आफैले चलाएको ध १ ज ११२३ नम्बरको इको भ्यान दुर्घटनाग्रस्त हुँदा ४० वर्षीय बालकृष्ण पौडेल उपाध्यायको मृत्यु भएको हो । आइतबार साँझ भएको दुर्घटनापछि पौडेललाई उपचारका पर्वत अस्पतालमा पुर्याइए पनि उपचारकै क्रममा आइतबार बेलुकी नै उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घटनामा अन्य दुई जना सामान्य घाइते भएका थिए । घाइते २१ वर्षीया मनीषा दर्जी र ३३ वर्षीया सलिना विक उपचारपश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ ।