सरकारले जनयुद्ध दिवसका अवसरमा आज देशैभरि सार्वजनिक बिदा दिएको छ । २०५२ साल फागुन १ गते माओवादी जनयुद्ध शुरु भएको २८औँ वार्षिकोत्सवका अवसरमा आज बिदा दिइएको हो ।
सार्वजनिक बिदा भएपनि आज अत्यावश्यकीय बैंकिङ सेवा भने सुचारु रहनेछ । नेपाल राष्ट्र बैंकले आज बिदा भएपनि नगद कारोबार, चेक क्लियरिङ आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा दिइने जनाएको छ । बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म उल्लेखित सेवा प्रवाह गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन गरेको हो । यस्तै त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाहरु पनि नरोकिने विश्वविद्यालयले जानकारी दिएको छ ।
सरकारले गरेको बिदा दिने निर्णयका पक्ष तथा विपक्षमा सामाजिक सञ्जालमा थुप्रै तर्कहरु प्रस्तुत भएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । यता सरकारमै सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले जनयुद्ध दिवस मनाउने निर्णयप्रति असन्तुष्टि पोखेका छन् ।