जनयुद्ध दिवसका अवसरमा भोलि देशभरि सार्वजनिक बिदा

Byन्यूज स्रोत

२०७९ माघ २९, आईतवार ११:५६ गते २०७९ माघ २९, आईतवार ११:५६ गते २०७९ माघ २९, आईतवार ११:५६ गते

सरकारले जनयुद्ध दिवसका अवसरमा भोलि देशभरि सार्वजनिक बिदा दिएको छ ।

कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर यस अघि नै बिदाको घोषणा गरिसकेका थिए । माओवादी जनयुद्ध २०५२ साल फागुन १ गतेदेखि शुरु भएको थियो ।

जनयुद्धमा राज्य र माओवादी दुवैपक्ष गरि १७ हजार बढी नेपालीले ज्यान गुमाएका थिए ।