मोडिफाई गरि ध्वनि प्रदुषण गर्ने ५० बाइक कारवाहीमा

Byन्यूज स्रोत

२०७९ माघ २७, शुक्रबार १३:३१ गते २०७९ माघ २७, शुक्रबार १३:३१ गते २०७९ माघ २७, शुक्रबार १३:३१ गते

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले स्वरूप परिवर्तन तथा ध्वनि प्रदूषण गर्ने गरी तीव्रगतिमा लापरवाही तवरबाट चलाई सवारी नियम उल्लंघन गर्ने ५० ओटा विभिन्न कम्पनीका बाइक र चालकहरुलाई नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको टोलीले यही माघ २६ र २७ गते गरी उक्त मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएको हो । मोटरसाइकल मोडिफाई गरी शान्ति सुरक्षानै भङ्ग गराउने गरी आवाज निकाल्नेलगायत विभिन्न किसिमका जनगुनासोहरु प्रप्त भएपछि कास्की ट्राफिकले २५ गते बाट अभियाननै सञ्चालन गरी स्वरुप परिवर्तन भएका मोटरसाइकलहरु नियन्त्रणमा लिएको थियो ।

यसरी नियन्त्रणमा लिईएका मोटरसाइकलहरुलाई पहिलेकै स्वरुपमा परिवर्तन गर्न लगाई १००० देखी ५००० सम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ । साथै मोडिफाईड सवारी चालकलाई सवारी नियम सम्बन्धी कक्षा सञ्चालन गर्ने तयारीमा आफु लागि परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले बताउनुभयो ।