पाल्पामा टिपर दुर्घटना हुँदा स्याङ्जाका न्यौपानेको मृत्यु

Byन्यूज स्रोत

२०७९ माघ १२, बिहीबार ०५:४० गते २०७९ माघ १२, बिहीबार ०५:४० गते २०७९ माघ १२, बिहीबार ०५:४० गते

पाल्पामा बुधबार राति टिपर सडकबाट खस्दा स्याङ्जाका सरोज न्यौपानेको मृत्यु भएको छ ।

पाल्पाको तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको ना ८ ख ७९२४ नम्बरको टिपर सडकबाट करिब १.२ किलोमिटर तल खसेको थियो । दुर्घटनामा स्याङ्जाको गल्याङ नगरपालिका-१ राम्दी घर भएका २२ वर्षीय न्यौपानेको मृत्यु भएको हो ।

उनको शव बिहीबार बिहान तिनाउ खेलामा फेला परेको थियो । राजमार्गबाट करिब १.२ किलोमिटर तल खसेको टिपर पुर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।