बञ्चरो प्रहार गरि आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

Byन्यूज स्रोत

२०७९ माघ १७, मंगलवार ०६:३६ गते २०७९ माघ १७, मंगलवार ०६:३६ गते २०७९ माघ १७, मंगलवार ०६:३६ गते

आफ्नै आमालाई बञ्चरो प्रहार गरि हत्या गरेको आरोपमा कैलालीबाट एक पुरुष पक्राउ परेका छन् ।

लम्कीचुहा नगरपालिका वडा नम्बर-६ बगमारा बस्दै आएका श्रीराम थारुले आफ्नै आमालाई बञ्चरोले हानेको प्रहरीले जनाएको छ । बञ्चरो प्रहारबाट गम्भीर घाइते ७१ वर्षीया लगनी थरुनीको उपचारका क्रममा नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको हो ।

४० वर्षीय थारुलाई प्रहरीले देउराली सामुदायिक वनबाट पक्राउ गरेको हो । उनलाई कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।