पोखरा महानगरपालिकाअन्तर्गत मुख्य सहरी क्षेत्रको सडकमा पार्किङ पुर्ण रुपमा निषेध गरिने भएको छ ।

पोखरा महानगरको पछिल्लो सूचना अनुसार पोखराको मुख्य सडक क्षेत्रमा पर्ने पृथ्वीचोकदेखि सभागृहचोक, न्युरोड, विपिचोक हुँदै चिप्लेढुङ्गासम्म अब पार्किङ गर्न पाइने छैन । त्यसैगरी न्युरोडबाट दाहिने पारेर महेन्द्रपुल, नयाँबजारबाट हुँदै पृथ्वीचोक आउने सानो रिङ्गरोड एरिया भरिनै पार्किङ निषेध गरिएको छ ।

उक्त सडक क्षेत्रमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर परेको तथा सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुनाले पार्किङ बन्द गर्ने निर्णय गरेको महानगरले जनाएको छ । महानगरले यसै सूचनालाई आधार मान्दै पार्किङ व्यवस्थापन गर्न सम्पूर्ण सरोकारवालाहरूलाई सुचित पनि गराएको छ ।

सूचनाको अवज्ञा गरि निषेधित क्षेत्रमा पार्किङ गरेमा नियमानुसार हुने ब्यहोरा पनि उल्लेख गरिएको छ । स्मरणीय छ, महानगर करिब दुई महिना अघिसम्म सोही सडकमा पार्किङ सञ्चालनका लागि ठेक्का नै लगाएको थियो ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.