चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २५ वर्षीय अटो व्यवसायी सौरभ थापा रहेका छन् । प्रहरीका अनुसार थापाले चलाएको गाडीले बिहीबार बिहान ३ बजे पोखरा-१० रामबजार पेन्सन क्याम्प अगाडि चेकिङमा बसेका प्रहरीलाई ठक्कर दिएको थियो । मादकपदार्थ सेवन गरेका थापाले नियोजित रुपमै गाडीको ढोकाले प्रहरी हवल्दारलाई हानेको प्रहरीले बताएको छ ।
उनलाई बिहीबार नै पक्राउ गरि पाँच दिन म्यादथप गरि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।