राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने

Byन्यूज स्रोत

२०७९ माघ १६, सोमबार ०८:०६ गते २०७९ माघ १६, सोमबार ०८:०६ गते २०७९ माघ १६, सोमबार ०८:०६ गते

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि फागुन २५ गतेको मिति तय गरेको छ ।

आयोगका अनुसार राष्ट्रपतिको निर्वाचन फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते शुक्रबार हुनेछ । आज बसेको बैठकले उक्त निर्णय गरेको र आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको कार्यालयले जनाएको छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिदैँछ ।