आइतबार पोखरा-१३ काहुँखोला भएको आगलागी घटनामा घाइते सङ्गीता सापकोटाको मृत्यु भएको छ ।
सोही घटनामा घाइते ४३ वर्षीय कृष्ण बहादुर क्षेत्रीको भने उपचार भइरहेको छ । ४० वर्षीया सापकोटाकै घरमा भाडामा स्टेसनरी पसल सञ्चालन गर्दै क्षेत्रीले आगो लगाएर आत्महत्या प्रयास गरेको र सापकोटाले उनलाई बचाउन गएको बताइए पनि घटनाको खास कारण भने अझै खुलेको छैन ।
आगलागीबाट घाइते दुवैलाई उद्धार गरि उपचारका लागि
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । आगलागीमा ८५ प्रतिशत भाग जलेर गम्भीर घाइते भएकी सङ्गीताको सोमबार बिहान करिब ११ बजे मृत्यु भएको हो ।
क्षेत्रीको भने उपचार भइरहेको र खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
ट्रेन्डिङ न्यूज
Copyright © 2023 News Srot. All Rights Reserved.