धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट ६ जना थुनुवा फरार भएका छन् ।
मध्यराति करिब २ बजेतिर उनीहरुले हिरासतकक्ष फोडेर भागेको प्रहरीले जनाएको छ । फरार हुनेमध्ये दुई अवैध हातहतियार, दुई लागुऔषध र दुई सार्वजनिक अपराध कसुरमा पक्राउ परेका थिए ।
उनीहरुको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । सुतिरहेको अर्को थुनुवाले हल्ला गरेपछि मात्रै उनीहरु फरार भएको प्रहरीले थाहा पाएका थिए ।
ट्रेन्डिङ न्यूज
Copyright © 2023 News Srot. All Rights Reserved.