पाकिस्तानमा पिकनिक गएका बालबालिका बोकेको डुङ्गा पल्टियो, कम्तिमा १० को मृत्यु

Byन्यूज स्रोत

२०७९ माघ १५, आईतवार १४:५३ गते २०७९ माघ १५, आईतवार १४:५३ गते २०७९ माघ १५, आईतवार १४:५३ गते

पाकिस्तानमा पिकनिक गएका विद्यार्थी बोकेको डुङ्गा पल्टिँदा कम्तिमा १० विद्यार्थीको मृत्यु भएको छ । घटनामा मृत्यु हुने विद्यार्थीहरु ७ देखि १२ वर्ष बीचका रहेको जनाइएको छ ।

खैबर पख्तुन प्रान्तस्थित टन्डा तालमा भएको घटनामा थप आठ विद्यार्थी अझै तालमा हराइरहेका छन् भने उद्धार गरिएका सात जनालाई उपचारका लागि अस्पताल लगिएको छ । पिकनिक गएका ५० विद्यार्थीमध्ये आधा विद्यार्थी डुङ्गामा सफरका लागि गएका थिए ।

हराएका बालबालिकाको खोजीकार्य जारी रहेको छ । आजै पाकिस्तानमा भएको अर्को एक बस दुर्घटनामा ४० भन्दा बढीको मृत्यु भएको थियो ।