न्युजिल्यान्डमा लगातार तेस्रो दिनसम्म भारी वर्षा भइरहँदा बाढी र पहिरोका कारण चार जनाको मृत्यु भएको छ ।
न्युजिल्यान्डको सबैभन्दा ठूलो अकल्यान्ड शहरमा शुक्रबारदेखि शुरु भएको भारी वर्षा आजसम्म पनि जारी रहेको छ । त्यहाँको मौसम पुर्वानुमान विभाग मेटसर्भिसले आज र भोलि सोमबार अझ खराब मौसमको चेतावनी दिएको छ । बाढी र पहिरोका कारण अकल्यान्ड शहरमा आपत्कालीन अवस्थाकोसमेत घोषणा गरिएको छ ।
बाढीका कारण हजारौं घरहरुमा विद्युत सेवा अवरुद्ध भएको छ भने कैयौं घरहरुमा खानेपानीको अभाव हुन थालेको जनाइएको छ । त्यहाँका जलवायु परिवर्तन मन्त्री जेम्स सले जलवायु परिवर्तन नै यस प्राकृतिक विपत्तिको कारण रहेको प्रतिक्रिया दिएका छन् ।