पोखरा, १५ माघ । पोखरामा जल्दै गरेको अवस्थामा एक महिला र एक पुरुषको उद्धार गरिएको छ ।
पोखरा महानगरपालिका–१३ काहुँखोलाबाट संगीता सापकोटा र कृष्ण बहादुर क्षेत्रीको जल्दै गरेको अवस्थामा उद्धार भएको हो ।
स्थानीयका अनुसार कृष्ण बहादुर क्षेत्रीले आत्मदाहको प्रयास गरेको र उनलाई बचाउने क्रममा संगीता पनि जलेकी हुन् ।
पोखरा १३ का वडाध्यक्ष किरण बरालका अनुसार जलेर गम्भीर घाइते एक जनाको इमरजेन्सीमा उपचार भइरहेको छ ।
उद्धार गरिएका दुवै जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो । घटनाको बिषयमा थप विवरण आउन बाँकी रहेको छ ।
ट्रेन्डिङ न्यूज
Copyright © 2023 News Srot. All Rights Reserved.