पुन: कायम भयो रवि लामिछानेको नागरिकता

Byन्यूज स्रोत

२०७९ माघ १५, आईतवार ०८:२९ गते २०७९ माघ १५, आईतवार ०८:२९ गते २०७९ माघ १५, आईतवार ०८:२९ गते

रवि लामिछानेको नागरिकता पुन: कायम भएको छ । नागरिकता पुनप्राप्तिको प्रक्रिया पूरा गरेसँगै रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता प्राप्त गरेका हुन् ।

सर्वोच्चले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन प्राप्तिको प्रक्रियामा नगएकाले लामिछानेको साविकको नागरिकतालाई अमान्य ठहर गरेको थियो । सोही निर्णयका कारणले उनले उपप्रधान, गृहमन्त्री, सांसद, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा संसदीय दलको नेता पद खारेज भएका थिए ।

प्रशासनका अनुसार उनले नियमित प्रक्रियाबाट नागरिकता पुन प्राप्ति गरेका हुन् । लामिछानेले नागरिकता सँगसँगै राष्ट्रिय परिचयपत्रको लागि पनि प्रक्रिया अघि बढाएका छन् ।