रवि लामिछानेले आज नागरिकता लिने

Byन्यूज स्रोत

२०७९ माघ १५, आईतवार ०२:४७ गते २०७९ माघ १५, आईतवार ०२:४७ गते २०७९ माघ १५, आईतवार ०२:४७ गते

पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आज नेपालको नयाँ नागरिकता लिने प्रक्रिया शुरु गर्ने भएका छन् ।

अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन प्राप्तिको प्रक्रियामा नगएकाले लामिछानेमाथि सर्वोच्चमा मुद्दा परेको थियो । सो मुद्दामा फैसला सुनाउँदै शुक्रबार सर्वोच्चले उनलाई नागरिकताविहीन स्टाटस करार गरिदिएपछि लामिछानेको उपप्रधान, गृहमन्त्री, सांसद, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा संसदीय दलको नेता सबै पद खारेज भएका थिए ।

आज उनले नागरिकता पुन प्राप्तिको प्रक्रियामा शुरु गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाने बताइएको छ । उनको नेपाली नागरिकता पुन: कायम गर्न नेपाली नागरिकता ऐन २०६३ को दफा ११ तथा नेपाल नागरिकता नियमावली २०६३ को नियम ११ बमोजिम निवेदन दिनुपर्नेछ ।