पोखरामा भएको टाइगर कप भलिबलको उपाधि महिलातर्फ सशस्त्रको एपीएफ क्लब र पुरुषतर्फ गण्डकीले जितेको छ ।

आज भएको फाइनल खेलमा महिलातर्फ सशस्त्रले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । एपिएफले आर्मीलाई २५–२०, २२–२५, २५–८ र २५–२२ गरि चार सेटमा ३-१ अन्तरले हराउन सफल भयो । खेलको प्लेयर अफ दि म्याच सशस्त्रकी सरस्वती चौधरी भइन् भने सङ्गम महतो स्पाइकर अफ दि म्याच घोषित भइन् । विजेता बनेको एपिएफले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने दोस्रो बनेको आर्मीले २ लाख ५० हजारमा चित्त बुझायो ।

यस्तै पुरुषतर्फ गण्डकीले एपीएफलाई निकै प्रतिस्पर्धात्मक खेलमा ३-२ सेटको अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । खेलको पहिलो सेट एपीएफले २५–१६ जित्यो । दोस्रो सेट भने गण्डकीले पुनरागमन गर्दै २५–१८ ले जित्न सफल भयो । तेस्रो सेट पनि गण्डकीले २५–१९ अंकले जित्यो । त्यसपछि निकै रोचक बनेको चौथो सेट एपीएफले २८-२६ ले आफ्नो पक्षमा पार्यो ।

निर्णायक पाचौँ सेटमा भने गण्डकीले निकै प्रभावशाली खेल प्रदर्शन गर्दै सेट १५-८ ले जित्दै उपाधि चुम्न सफल रह्यो । खेल प्रतिस्पर्धात्मक बन्दै गर्दा दर्शकसमेत होहल्ला गर्दै बोतल फालाफाल गर्न पुगेका थिए जसकारण खेल केही समय रोकिएकोसमेत थियो ।

घरेलु मैदानमा तीन हजार बढी दर्शकमाझ विजेता बन्दै गण्डकीले पाँच लाख नगद पुरस्कार हात पार्यो भने उपविजेता सशत्रको एपीएफले २.५ लाख नगद जित्न सफल रह्यो ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.