शनिबार नेपाल सरकारसँग सम्बन्धित धेरै जसो वेबसाईट डाउन भएका छन् । नेपाल सरकारअन्तर्गतका गृह मन्त्रालयदेखि आन्तरिक राजस्व कार्यालयसम्मका वेबसाईट खुलेका छैनन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकारी वेबसाईटहरुको सर्भरमा विदेशबाट अत्यधिक ट्राफिक आएका कारण वेबसाईट बन्द भएका हुन् । यसरी अचानक ट्राफिक बढ्नु ह्याकरहरुले पहुँच पुर्याउन प्रयास गरेको हुनसक्ने भएकाले उनीहरुको पहुँच हुन नदिन सर्भर बन्द गरिएको हुनसक्ने आइटी एक्सपर्टको भनाई छ । केन्द्रका अनुसार समस्या समाधान गर्ने प्रयास भइरहे पनि वेबसाईटहरु खुलिसकेका भने छैनन् ।
संगठित ह्याकरहरुले आक्रमण गर्दा विश्वका ठुला ठुला कम्पनीहरुको सेवा अवरुद्ध हुनाका साथै ठूलो मात्रामा र्यान्सम अर्थात फिरौती तिर्नसमेत ती कम्पनीहरु बाध्य हुने गरेका छन् ।