पोखरा, १३ माघ । पोखरा आउदै गरेको यात्रुबाहक बसको ठक्करबाट स्याङ्जाको पुतलीबजारमा एक जनाको ज्यान गएको छ ।

बुटवलबाट पोखरा आउदै गरेको ना ४ ख ३८२८ नम्बरको बसले पुतलीबजार ११ करेण्डाँडामा शुक्रबार साँझ ठक्कर दिँदा पैदल यात्री ७२ वर्षीय यामबहादुर जिटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँझ ६ः३० बजे बाटोमा हिडिरहेका जिटीलाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पदमबहादुर थापाले जानकारी दिए ।

ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।  घटनापछि  स्थानीयले सडक अवरुद्ध गरेका छन्  ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.