एयर इन्डियाले दुई चरणमा चार सय ९५ जेट किन्दै

Byन्यूज स्रोत

२०७९ माघ १३, शुक्रबार ०७:४२ गते २०७९ माघ १३, शुक्रबार ०७:४२ गते २०७९ माघ १३, शुक्रबार ०७:४२ गते

टाटा कम्पनीले हालसालै सरकारबाट स्वामित्व ग्रहण गरेको एयर इन्डियाले दुई चरणमा गरि चार सय ९५ जेट किन्ने भएको छ ।

पहिलो चरण अन्तर्गत आज कम्पनीले बोइङसँग १ सय ९० ७३७ म्याक्स न्यारोबडी, २० बोइङ ७८७एस र २० बोइङ ७७७एक्स वाइडबडी जहाज खरिदका लागि अर्डर गर्न लागेको जनाइएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था र्वेटर्सका अनुसार एयर इन्डियाले दोस्रो चरणमा बोइङको प्रतिद्वन्द्वी कम्पनी एयरबससँग २ सय ३५ सिङ्ल आय्ल जेट र ४० वाइडबडी ए३५० किन्नेछ ।

एयर इन्डियाले यस बारे कुनै जानकारी दिन इन्कार गरेपनि टाटाले उक्त कम्पनीको स्वामित्व लिएको पहिलो वर्षगाँठको उपलक्ष्यमा ऐतिहासिक जहाज खरिद सम्झौताको नजिक पुगेको भनी कर्मचारीलाई सम्बोधन भने गरेको छ । यस सम्झौता पछि एयर इन्डियाले भारतको हवाई उड्डयन क्षेत्रमा आफूलाई पुन स्थापित गर्ने अवसर पाउनेछ भने अन्तर्राष्ट्रिय उडानको बजारमा प्रतिस्पर्धीका रुपमा पनि उभ्याउन सक्नेछ ।

भारतमा अघिल्लो वर्ष भन्दा २०२२ मा ४७ प्रतिशतले आन्तरिक हवाईयात्री बढेको तथ्यांक छ । भारतको हवाई बजारमा हाल एयर इन्डिगोको वर्चस्व छ । एयर इन्डियाले हाल ग्राउन्डेड अवस्थामा रहेका २० विमानलाई पनि मर्मत गरी सेवा दिने तयारी गरेको छ ।