एकीकृत समाजवादी निकट अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालले निजी क्षेत्र पोसेको आरोपसहित पुत्ला दहन गरेको छ ।
अनेरास्ववियूले शुक्रबार काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि शिक्षामन्त्री खनाल पुत्ला जलाइएको हो । विरोध कार्यक्रममा युनियनका सदस्यले शिक्षामन्त्रीको राजीनामा माग्दै खनाल माथि शैक्षिक दलालीको आरोपसमेत लगाएका थिए ।
हालै निजी क्षेत्रलाई पाठ्यपुस्तक छाप्न अनुमति दिएको विषयमा अनेरास्ववियूले आज विरोध प्रदर्शन गरेको हो । सांसद खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अहिलेको क्याबिनेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका हुन् ।