नेपाल प्रहरीकै सर्भर ह्याक, डार्क वेबमा राखियो डेटा

Byन्यूज स्रोत

२०७९ माघ १३, शुक्रबार ०३:१७ गते २०७९ माघ १३, शुक्रबार ०३:१७ गते २०७९ माघ १३, शुक्रबार ०३:१७ गते

नेपाल प्रहरीको सर्भरमा अनाधिकृत पहुँच पुर्याएर डेटा चोरी भएको छ ।

सर्भरबाट करिब २.३ जिबि डेटा चोरी गरेर डार्क वेबमा राखिएको हो । चोरी गरिएको डेटामा धेरैजसो पुराना मेलहरु रहेको प्रहरीले दाबी गरेको छ । उक्त मेलहरु पुराना भएकाले खासै संवेदनशील नरहेको पनि प्रहरीले बताएको छ ।

डेटा लिक करिब ६ महिना अघि भएको र हाल सुरक्षामा भएका कमी कमजोरी हटाई सर्भरलाई सेक्युर गरिएको प्रहरीले जनाएको छ । कार्यालयको इमेल सर्भर ह्याक गरि संस्थाको भित्र आदानप्रदान भएका मेलहरु ह्याकरले सार्वजनिक गरेका थिए ।

डार्क वेबमा विश्वभर ह्याकरहरुले अनाधिकृत रुपमा चोरिएका विवरण, कागजात, क्रेडिट कार्डका डिटेल्स, गोप्री संवाद जस्ता संवेदनशील सुचनाहरु किनबेच हुने गर्दछ ।