पोखरादेखि वालिङ पुगेका ४ यात्रुसहित ६ जना अभद्र व्यवहार आरोपमा पक्राउ

Byन्यूज स्रोत

२०७९ माघ १०, मंगलवार १५:५२ गते २०७९ माघ १०, मंगलवार १५:५२ गते २०७९ माघ १०, मंगलवार १५:५२ गते

पोखरा । खेल जारी रहेको बेला खेलमैदानमा हेलिकप्टर अवतरण गरेका प्रभु हेलिकप्टरका पाइलट रनेश डङ्गोलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जना  पक्राउ परेका छन् ।

बिहीबार स्याङ्जाको वालिङ नगरपालिका–८ मा फुटबल खेल जारी रहेको बेला हेलिकप्टर चढेर पोखरादेखि वालिङ पुगेका चार यात्रु तथा खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण गरेपछि अभद्र व्यवहार गर्ने थप दुई जनालाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका  स्याङ्जाका प्रहरी प्रवक्ता पदमराज थापाले जानकारी दिए  ।

पाइलट डङ्गोललाई जबरजस्ती खेल भइरहेको मैदानमा हेलिकप्टर अवतरण गर्न लगाउने हेलिकप्टर गएका यात्रु वालिङका विनोद गैरे, उज्ज्वल थापा, सुशील गिरी खीमबहादुर राना र   हेलिकप्टर अवतरण गरेपश्चात पाइलटमाथि अभद्र व्यवहार गर्ने  वालिङ कै यामबहादुर गुरुङ र सुरेश श्रेष्ठ पक्राउ परेका हुन् ।

स्थानीय प्रशासन तथा खेल आयोजक क्लबलाई पूर्वसूचना नदिइकन खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण गरिएपछि स्थानीय आक्रोशित भएका थिए ।